विदेशी हस्तक्षेप बढेको दाहालको दाबी, एकतामा जोड
सोमबार काठमाडौंमा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट देखापरेको उल्लेख गरेका हुन् ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट देखापरेको उल्लेख गरेका हुन् ।
संयोजक दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू क्रमशः खोसिँदै गएको प्रति चिन्ता व्यक्त गरे । देशमाथि वैदेशिक र प्रतिक्रियावादी शक्तिहरूको दबाब एवं हस्तक्षेप बढ्दै गएको दाबी गर्दै उनले वर्तमान अवस्थामा विचार मिल्ने शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य भएको बताए ।
उनले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा विशेष जोड दिए ।