सरकारसँग सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए

विज्ञापन
ncell

सरकार र ऋणी पक्षका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा विभिन्न विषयमा सहमति जुटेपछि आन्दोलनरत ऋणीहरूले धर्ना स्थगित गरेका हुन् ।

काठमाडौं । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय परिसरमा केही दिनदेखि धर्नामा रहेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आज घर फर्किएका छन् ।

सरकार र ऋणी पक्षका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा विभिन्न विषयमा सहमति जुटेपछि आन्दोलनरत ऋणीहरूले धर्ना स्थगित गरेका हुन् ।

सहमति कार्यान्वयनको प्रक्रियाअन्तर्गत सरकारले आज बिहान ८ः५० बजेदेखि साझा यातायातका बसमार्फत उनीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाएको हो । सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमा राखेर गन्तव्यतर्फ प्रस्थान गराइएको थियो ।

धर्नामा सहभागी झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाका ऋणीहरूलाई सम्बन्धित क्षेत्रतर्फ पठाइएको जनाइएको छ ।