साउन महिनामै ३ अर्ब ८७ करोड बराबरको स्मार्टफोन आयात, कुन देशबाट कति भित्रिए ?
काठमाडौं । नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउन महिनाको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात विगतका वर्षमा झै उल्लेख्य रुपमा बढेको देखिएको छ ।
यस अवधिमा ३ अर्ब ८७ करोड ७८ लाख २४ हजार रुपैयाँ बराबरको १ लाख ६९ हजार १८५ थान स्मार्टफोन आयात भएको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्म ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरको १ लाख ३८ हजार ३३३ थान स्मार्टफोन आयात भएको थियो ।
चालु आवको यो एक महिनाको अवधिमा स्मार्टफोन आयातबाट सरकारले ७२ करोड ३५ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा यो अवधिमा ३७ मुलुकबाट स्मार्टफोन आएको गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ । यो महिनामा चीनबाट २ अर्ब ६७ करोड ९५ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख ३३ हजार ८८२ थान स्मार्टफोन आयात भएको छ ।
भारतबाट १ अर्ब ६ करोड ४१ लाख ७९ हजार रुपैयाँ बराबरको ३४ हजार ७१ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । बाँकी ३५ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको छ ।
