कांग्रेसको विवाद अदालतबाट होइन, संवादबाट समाधान गर्न विश्वप्रकाशको आग्रह

विज्ञापन
ncell

मुद्दा मामिलाको बाटो संविधानले, कानुनले दिएको भएपनि त्यसले मात्रै समाधान नदिने उनको भनाई छ । उनले असोजमा महाधिवेशन हुने भएकोले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैलाई खुला रहेको बताए ।

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर काँग्रेसको विवाद समाधान गर्नुपर्ने बताएका छन् । 

शनिबार काँग्रेसले आयोजना गरेको ग्रिन रनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्रका विवाद समाधान पार्टी कार्यलयमा बसेर गर्नको लागी आह्वान गरे । काँग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै उनले काँग्रेसको संस्थापन ईतरका नेताहरुलाई संवादमार्फत पार्टीलाई एकतावद्ध बनाउन आग्रह गरे । मुद्दा मामिलाको बाटो संविधानले, कानुनले दिएको भएपनि त्यसले मात्रै समाधान नदिने उनको भनाई छ । उनले असोजमा महाधिवेशन हुने भएकोले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैलाई खुला रहेको बताए । विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि निरन्तर नरहने उनको भनाई छ ।

 उनले कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । विशेष महाधिवेशनको वैधानिक प्रक्रियालाई लिएर काँग्रेसभित्र आन्तरिक विवाद छ । उक्त विवाद अदालतसम्म पुगेको छ । यस्तै काँग्रेस संस्थापन पक्षले असोजमा घोषणा गरेको महाधिवेशनलाई रोक्न संस्थापन ईतर समूह अदालत जाने तयारीमा छ ।