संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ मात्र पर्याप्त छैनः रवि लामिछाने
लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावनाभन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानाकर्षण गराएका हुन् ।
लामिछानेले कतिपय राजनीतिक दलहरूले संविधान संशोधनका लागि आवश्यक सङ्ख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्तिको स्वागत गरे । तर संशोधनका लागि प्रतिनिधि सभाको दुई-तिहाइ सङ्ख्या मात्र अन्तिम आधार नभएको भन्दै उनले यसका अन्य प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गरे। सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्दै उनले संविधान र कानूनको पूर्ण पालना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावनाभन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
