चिट्ठा र चाउचाउमा परेको भन्ने टिप्पणी स्वीकार्य छैन, जनताबाट मनोनित भएर आएका हौं: आशिका तामाङ
सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन् । उनले सरकारले सुरुवाती सय दिनमा सम्पन्न गर्ने भनि ल्याएको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा गर्नुपर्ने समेत बताइन्।
काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन् ।
उनले सरकारले सुरुवाती सय दिनमा सम्पन्न गर्ने भनि ल्याएको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा गर्नुपर्ने समेत बताइन् । उनले सार्वजनिक हितमा रहेर कार्यसम्पदान गर्नु सरकारको पहिलो कर्तव्य र दायित्व भएको टिप्पणी समेत गरिन् ।
सांसद खातुनले भनिन्, ‘राजनीति भनेको केवल शक्ति र सत्ता प्राप्त गर्नु मात्र होइन, चुनावमा होमिएर केवल जितहार प्राप्त गर्नुमात्र पनि होइन । चुनावको माध्यमबाट सरकार चलाउनु पनि हो । होइन र सरकार रु नागरिकको असल र सुखि जीवन सुनिश्चित गर्नु हो । सार्वजनिक हितमा रहेर कार्य गर्नु यो सरकारको पहिलो दायित्व र पहिलो कर्तव्य पनि हो । सरकारले ल्याएको सय दिनमा गर्ने भनेर ल्याएको एक सय बुँदाको समीक्षा गर्नुहोस् । कति पास भयो रु कति फेल भयो रु जिम्मेवारी सरकारको हो । चिट्ठामा रमाउने सरकार अब त आँखा खोल । जनातको पीडा बुझ्ने चमेली बन ।’
लगत्तै सांसद तामाङले नियमापत्ति जनाइन् । उनले आफूहरु चिट्ठामा परेको नभई जनताबाट मनोनित भएर आएको टिप्पणी गरिन् । उनले सदनमा चिट्ठामा परेको र चाउचाउमा परेको भन्दै टिप्पणी गर्ने गरेको भन्दै प्रतिपक्षी सांसदहरुप्रति आक्रोश समेत व्यक्त गरिन् । सांसद तामाङले सांसद सिद्धिकीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने माग समेत गरिन् ।
