आशिका तामाङको प्रश्न-सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने?
उनले एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका चहारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ? भन्दै प्रश्न गरिन् ।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले परराष्ट्र मन्त्रालयले कार्यविधि बनाउन नमान्दा राईको शव नेपाल ल्याउन नसकिएको भन्दै सांसद तामाङले आपत्ति जनाएकी हुन् ।
उनले एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका चहारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ? भन्दै प्रश्न गरिन् । उनले शव व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट छुट्याएको भएपनि उक्त बजेट कार्यान्वयनको लागि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाउँदा राईको शव नेपाल ल्याउन समस्या बताइन् । बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय रु उनले प्रश्न गरिन् । धादिङको धुनीवेशी नगरपालिका-९ स्थित जुगेडी निवासी राईको वैशाख २९ गते ‘हेमोरेजिक स्ट्रोक’ मस्तिष्क रक्तस्रापका कारण कम्बोडियामा मृत्यु भएको थियो ।
गतवर्ष भदौमा रोजगारीको सिलसिलामा भारत हुँदै कम्बोडिया पुगेका उनी उपचारको क्रममा काल्मेट अस्पतालमा भर्ना भएका थिए । त्यही निधन भएका उनको शव आर्थिक अभाव र कानुनी झन्झटका कारण नेपाल ल्याउन ढिलाइ भएको हो । लगत्तै सभामुख डोलप्रसाद अर्यालले ३ दिनभित्र यस विषयमो जवाफ दिन सरकारलाई रुलिङ गरे ।
