बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा
सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन् ।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार राजीनामा दिएका छन् ।
सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन् । प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री बानियाँले पदबाट राजीनामा दिएका हुन् । १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा०)का दुई गरी ३८ सांसद मात्रै बानियाँको पक्षमा देखिएका थिए ।उनी २०८२ साउन २० मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
