इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५८ प्रतिशतले घट्दा वितरणयोग्य रकम ५ अर्ब ऋणात्मक, अरु सूचक कस्ता ?
अघिल्लो वर्ष १४ अर्ब २० करोड २६ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर गत वर्ष १२ अर्ब ९८ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत आर्थिक वर्ष (२०८२र८३) मा २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१र८२ को ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँको तुलनामा ३६.५८ प्रतिशतले थोरै हो ।
इन्भेष्टमेन्ट मेगाले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद ब्याज आम्दानीमा आएको कटौतिको असर खुद नाफामा देखिएको जनाएको छ । त्यस्तै यसअवधिमा बैंकको सञ्चालन नाफा पनि घटेको छ । अघिल्लो वर्ष ६ अर्ब ७३ करोड १० लाख रुपैयाँ रहेको सञ्चालन नाफा घटेर ४ अर्ब ३४ करोड ३१ लाख रुपैयाँमा खुम्चिएको छ ।
अघिल्लो वर्ष १४ अर्ब २० करोड २६ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर गत वर्ष १२ अर्ब ९८ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ । यसअवधिमा बैंकको खुद फि तथा कमिशनबाट हुने आम्दानी भने सामान्य बढेको छ । अघिल्लो वर्ष २ अर्ब २० करोड ३२ लाख रुपैयाँ रहेको खुद फि तथा कमिशनबाट हुने आम्दानी सामान्य बढेर २ अर्ब २३ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
यसअवधिमा बैंकको वितरणयोग्य नाफामा गम्भिर धक्का लागेको छ । गत असारमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी ८.०५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १९७.७१ रुपैयाँ छ । बैंकको निष्कृय कर्जा (खराव कर्जा) ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३८ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ छ । गत वर्षसम्म बैंकले ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
