राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा

विज्ञापन
ncell

काठमाडौं । नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि आफू जुनसुकै भुमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले साझा उद्देश्य र संकल्प भएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि संवादको ढोका खुला राख्नुपर्नेमा जोड दिए । 

उनले मुलुक संकटमा रहेका बेला संवाद, सहमति र सहकार्यका माध्यमबाट राजनीति अघि बढाउनुपर्नेमा जोड दिए। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता आफ्नो जीवनको मूल आधार भएको भन्दै देउवाले यी मूल्य-मान्यताप्रति जीवनको अन्तिम समयसम्म अटल रहने बताए ।

उनले पार्टीभित्रको विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने कुरामा आफू विश्वस्त रहेको पनि बताए । निःवर्तमान सभापति देउवाले व्यक्तिगत स्वार्थभन्दा पार्टीको सम्पूर्ण एकता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिए ।