मोर्बिडेली टी-२५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार

विज्ञापन
ncell

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नाइमा एक्स्पोमा प्रतीक्षित ‘मोर्बिडेली टी-२५० एक्स’ सार्वजनिक गरेको छ । नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको ‘बल्क डेलिभरी’ सुरु गरिसकेको छ ।

ग्राहकहरूले मोर्बिडेलीको आकर्षक स्टाइल, उत्कृष्ट इन्जिन प्रदर्शन, आधुनिक सुरक्षा प्रविधि तथा आरामदायी राइडिङ अनुभवको खुलेर प्रशंसा गरेको र यही सकारात्मक प्रतिक्रियाले नेपाली बजारमा मोर्बिडेलीप्रतिको विश्वास अझ मजबुत बन्दै गएको भन्दै कम्पनीले मोर्बिडेली टी-२५० एक्स सार्वजनिक गरेको हो ।

एड्भेन्चर र टुरिङ रुचाउने मोटरसाइकल पारखीहरूलाई लक्षित गरी ल्याइने टी २५० एक्सले आफ्नो आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिमार्फत नेपाली बजारमा नयाँ उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ । मोर्बिडेली नेपालले आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन, गुणस्तरीय सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्दै नेपाली मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।