नाइमा मोबिलिटी एक्स्पोमा बजाजको चेतक सी-२५०१ र चेतक सी-३५०३ सार्वजनिक

विज्ञापन
ncell

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा बजाजको चेतक सी-२५०१ र चेतक सी-३५०३ सार्वजनिक भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले प्रदर्शनीमा राखेको चेतक सी २५०१ यो मोडल तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हो ।

यसमा २.५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले एक पटकको फुलचार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। यसको टप स्पीड प्रतिघण्टा ६० किलोमिटर रहेको छ । यो स्कुटर ४ घण्टामा फुल चार्ज हुनेछ ।

यस्तै, चेतक सी ३५०३ मा भने ३५ लिटरको ठूलो बुट स्पेस, कलर एलसीडी डिस्प्ले, फुल मेटल बडी, हिल होल्ड असिस्ट, इको र स्पोर्ट राइड मोड, ब्लुटुथ कनेक्टिभिटी, कल तथा नोटिफिकेसन, म्युजिक कन्ट्रोल, रिभर्स मोड, कम्बाइन्ड ब्रेकिङ सिस्टम लगायत फिचर छन् ।

यस्तै, चेतक सी ३५०३ भने प्रिमियम इलेक्ट्रीक स्कुटर हो । यसमा ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री दियएको छ । जसले एकपटकको फुलचार्जमा १५३ किलोमिटरसम्म रेन्ज दिने कम्पनलिे जनाएको छ । यसको टप स्पीड प्रतिघण्टा ७० किमी रहेको छ ।