आजदेखि नाइमा मोबिलिटी एक्स्पो , ५५ भन्दा बढी ब्रान्ड र ४० नयाँ मोडल सार्वजनिक हुँदै

विज्ञापन
ncell

काठमाडौं । आजदेखि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा हुने नाइमा मोबिलिटी एक्स्पो सुरु हुँदैछ । आगामी साउन ३१ गतेसम्म हुने यो एक्स्पोमा ५५ भन्दा बढी ब्राण्ड्सहरू सहभागी हुँदैछन् ।

नाइमा मोबिलिटी एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने नाइमाले बताएको छ ।

एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल), इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादनहरू समेटिने र गत वर्षभन्दा यस वर्षको अटो एक्स्पो थप भव्य हुने नाइमाले जनाएको छ ।

नाइमा अटो एक्स्पोमा दुईपाङ्ग्रेतर्फ बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूज, बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, गारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटोसीएक्स मोटरसाइकल लगायत ब्रान्ड रहने नाइमाले जनाएको छ ।