मधेशको धार्मिक तनाव समाधानमा गृहमन्त्रीले मागे सांसदको सुझाव
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले उद्योगमन्त्री गौरी यादवसहित मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा उनले मधेशमा हालै घटेको घटनालगायत समसामयिक विषयमा मधेश प्रदेशका सबै दलका सांसदहरूसँग छलफल गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा भण्डारीले छलफल मधेश प्रदेशमा पटक-पटक हुने गरेको धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालीन हल कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको बताईन् ।
उनका अनुसार छलफलमा गृहमन्त्री गुरुङले मधेशमा उत्पन्न हुने सामूदायिक तनावको हल कसरी गर्न सकिन्छ ? भन्नेबारे सांसदहरुसँग सुझाव लिएका छन् । सांसद भण्डारीले छलफमा सांसदहरु हालै सुनसरी, सिरहासहित मधेशका केही जिल्लामा घटेको घटना साम्य पार्ने क्रममा भएको प्रशासनिक कमजोरी औंल्याउँदै सुरक्षा रणनीतिमा सुधार गर्नुपर्ने धारणा राखेको बताईन् ।
