प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै कांग्रेस सांसदको आपत्ति

विज्ञापन
ncell

काठमाडौं । नेपाली काँग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीले बालेन्द्र साहले भेट नदिएको भन्दै संसदमा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद स्वारले प्रधानमन्त्री साहले चार महिनादेखि भेट्नको लागि समय नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सुदूरपश्चिमका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुलाई भेट्न बोलाउँदा अन्य दलका सांसदलाई बेवास्ता गरेको आरोप पनि लगाए । उनले प्रधानमन्त्रीलाई भेट्नको लागि गत चैत २१ गते निवेदन दिएको भएपनि हालसम्म भेट नपाएको गुनासो गरे ।

केही दिन अघि प्रधानमन्त्री साहले प्रदेशगत रुपमा सांसदहरुेसँग भेट गरेका थिए । सांसद स्वाँरले प्रधानमन्त्रीले सांसदहरुसँग प्रक्षपात व्यवहार गरेको भन्दै त्यसको भत्र्सना समेत गरे ।