तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्ने निर्देशनप्रति तिमिल्सिनाको आपत्ति

विज्ञापन
ncell

नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिनाले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।

काठमाडौं । नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिनाले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले नेपालको न्यायपालिका र न्यायाधीशमाथि प्रश्न उठाएको भन्दै एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचलाई स्पष्टिकरण सोध्न दिएको निर्देशन आपत्तिजनक रहेको बताएका हुन् । उनले नेपालको स्वतन्त्रता र निष्पक्षतामाथि अन्तर्राष्ट्रिय संस्थाले बोल्नुपर्ने अवस्था किन आयो? भन्ने प्रश्न महत्वपूर्ण रहेको बताए ।

समितिले बुधबार सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाब दिने आशयको संयुक्त विज्ञप्ति जारी गरेको विषयमा छलफल गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत ती संस्थासँग आधिकारिक स्पष्टीकरण माग्न सरकारखलाई निर्देशन दिएको थियो । उनले प्रतिनिधि सभाको काम सरकारको बचाउ गर्नु नभई सरकारलाई जवाफदेही बनाउनु रहेको पनि बताए ।