ब्रोड पिकमा ज्यान गुमाएका युक्तको शव काठमाडौं ल्याइयो
काठमाडौँ । ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव स्वदेश ल्याइएको छ।
ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जासहित नेपाली ६ पर्वतारोही गरि १० जनाको ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको मात्रै शव नेपाल ल्याइएको हो ।
दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८००० मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् । उनको शवमाथि परिवार र आफन्तले फूलमाला तथा खादा चढाएर श्रद्धाञ्जली दिएका छन् ।
नेपाल पर्वतारोहण संघले उनको शव श्रद्धाञ्जलीका लागि राखेको छ ।
