ग्वार्कोमा बस दुर्घटनाः एक महिलाको मृत्यु, ६ जना घाइते
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरमा बिहीबार बिहान बस ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस बिहान साढे १० बजे दुर्घटना हुँदा एकको मृत्यु र ६ जना घाइते भएका हुन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा अन्दाजी ४० वर्षीया महिला रहेकी छिन् । घाइते ६ जनाको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
