मन्त्रिपरिषद्का ७ मुख्य निर्णय सार्वजनिक, लगानी बोर्डदेखि सुनसरी-सिराहासम्मका विषय समेटिए

विज्ञापन
ncell

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले ७ वटा निर्णयहरू गरेका छन्

 यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

१. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने ।

२. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्ति गर्ने।

३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने ।

४. पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने ।

५. बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।

६.विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने ।

७. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने ।