१९ बुँदे सहमतिपछि नर्स ज्योतिले तोडिन् अनशन
काठमाडौं । अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट अनशन तोडेकी छन् । सरकारी वार्ता टोलीबिच १९ बुँदे सहमतिसँगै अभियन्ता रानाभाटने अनशन तोडेकी हुन् ।
नर्स रानाभाटले १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशन सुरु गरेकी थिइन् । उनका माग सम्बोधनको पहल गर्ने गरी सहमति भएको छ ।
सरकारकातर्फबाट स्वास्थ्य तथा खाद्यय स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र झा र कानुन अधिकृत जयप्रसाद सुवेदी र नर्स रानाभाटबीच सहमति भएको हो ।
गत वर्ष सम्पन्न आन्दोलनपछि सरकारले नर्सहरुको माग संबोधन गर्ने सहमति गरेपनि लागू नभएपछि नर्सहरु पुन आन्दोलनमा उत्रिएका थिए। मंगलबार राति सम्पन्न वार्तापछि गत वर्ष सहमति भएका मागहरु र केही नयाँ माग संबोधन सहित १९ बुँदे सहमति भएको हो ।
