सांसद सिंहको प्रश्न: मधेसमा आन्दोलन हुँदा सधैं गोली मात्रै किन चल्छ?

विज्ञापन
ncell

मधेश आन्दोलनको समयमा समेत कुनै घटना घटनासाथ सिधै गोली चल्ने गरेको उल्लेख गर्दै प्रहरीको लागि लाठी र अँश्रुग्याँसको व्यवस्था किन गरिँदैन? भन्दै प्रश्न गरे ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमेरशकुमार सिंहले मधेसमा कुनै घटना घटनासाथ किन गोली चल्छ? भन्दै राज्यसँग प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले मधेश प्रदेशमा साम्प्रदायिक तनाव, थारुहट आन्दोलन तथा मधेश आन्दोलनको समयमा समेत कुनै घटना घटनासाथ सिधै गोली चल्ने गरेको उल्लेख गर्दै प्रहरीको लागि लाठी र अँश्रुग्याँसको व्यवस्था किन गरिँदैन? भन्दै प्रश्न गरे ।

उनले आन्दोलन तथा दंगा नियन्त्रणमा कस्तो सुरक्षा व्यवस्था गर्ने भन्ने विषयमा सुरक्षा निकायलाई उचित तालिमको व्यवस्था गर्न समेत सरकारसँग माग गरे । उनले प्रहरीको लागि लाठी र अँश्रुग्याँसको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरे । उनले मुलुकमा सामाजिक सद्भाव कायम गर्न समेत सबैमा अपिल गरे ।

उनले अहिलेको आवश्यकता समूदाय समूदाय एकआपसमा लड्ने नभई मुलुकमा विद्यमान गरिवीसँग लड्ने रहेको बताए । उनले अगामी दिनमा धार्मिक तथा साम्प्रदायिक दंगा हुन नदिने कुरामा राज्य सचेत हुनुपर्नेमा समेत जोड दिए ।