यस्तो छ आज बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१-८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडौँ । आज सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बस्दैछ ।
आज दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१-८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
कार्यसूची अनुसार बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समिति गरि आजै चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
