आन्दोलन घोषणा गरेका प्रसाईं प्रहरी हिरासतमा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर गएरातिदेखि हिरासतमा राखेको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका प्रसाईंलाई सोही राति १० बजे भक्तपुर प्रहरीको टोली उनलाई पक्राउ गर्न निकोसेरास्थित निवास पुगेको थियो ।
भक्तपुर प्रहरीले सार्वजनिक शान्ति सुरक्षाको कसुरमा प्रसाईंलाई पक्राउ गरिएको बताएको छ । शान्ति सुरक्षा खलबल्याएको आरोपमा प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
