महिन्द्राको प्रिमियम एसयूभी ‘एक्सईभी- ९एस’ नेपाल आउँदै, नाइमा एक्स्पोमा सार्वजनिक हुने

विज्ञापन
ncell

उपस्थितिलाई थप बलियो बनाएको छ । एक्सईभी- ९ई मा रहेको कुपे शैलीको ढल्किएको छानाको सट्टा यसमा बाकस आकारको परम्परागत एसयूभी रूफलाइन प्रयोग गरिएको छ, जसले बढी हेडरुम र व्यावहारिकता प्रदान गर्छ ।

काठमाडौं । महिन्द्राले आफ्नो नयाँ प्रिमियम विद्युतीय एसयूभी ‘एक्सईभी -एस’ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा यो नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको हो ।

महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालि ले बिक्री सुरु गर्न लागेको एक्सईभी ९एस कम्पनीको अत्याधुनिक ‘इनग्लो’ प्लेटफर्म मा आधारित एसयूभी हो । यही प्लेटफर्ममा यसअघि एक्सईभी- ९ई र बीई ६ मोडल सार्वजनिक भइसकेका छन् ।

एक्सईभी- ९एसलाई परम्परागत एसयूभी डिजाइनमा तयार गरिएको छ। फ्रन्टमा आकर्षक एलईडी लाइटबार, क्लोज्ड अफ ग्रिल र मस्कुलर बम्परले यसको उपस्थितिलाई थप बलियो बनाएको छ। एक्सईभी- ९ई मा रहेको कुपे शैलीको ढल्किएको छानाको सट्टा यसमा बाकस आकारको परम्परागत एसयूभी रूफलाइन प्रयोग गरिएको छ, जसले बढी हेडरुम र व्यावहारिकता प्रदान गर्छ ।

२,७६२ एमएम लामो ह्वीलबेस र १८ इन्चका अलोय ह्वीलसहित आएको यो एसयूभीमा आकर्षक लुकसँगै आरामदायी यात्रालाई विशेष प्राथमिकता दिइएको देखिन्छ । क्याबिनमा अत्याधुनिक प्रविधि र प्रिमियम सुविधाको भरमार छ । ड्यासबोर्डमा ट्रिपल स्क्रिन सेटअप, प्यानोरामिक सनरुफ, वायरलेस फोन चार्जर, ३६० डिग्री क्यामेरा तथा डुअल-जोन क्लाइमेट कन्ट्रोल उपलब्ध छन् ।

त्यस्तै, १६ स्पिकरयुक्त हार्मन अडियो सिस्टम, डल्बी एट्मस साउन्ड, हेड-अप डिस्प्ले, एडास २.०, मेमोरी ड्राइभर सिट र एयर प्युरिफायर जस्ता फिचरले यसलाई प्रिमियम सेग्मेन्टमा उभ्याएका छन् । ७ सिट क्षमताको यस एसयूभीको दोस्रो पंक्तिका सिटमा भेन्टिलेटेड सिट, स्लाइड तथा रिक्लाइन सुविधा, सन ब्लाइन्ड, ट्रे टेबल, वायरलेस चार्जर र इन्टरटेनमेन्ट स्क्रिन उपलब्ध छन्। तेस्रो पंक्तिका सिट भने बालबालिका वा छोटो दूरीका यात्राका लागि उपयुक्त मानिएको छ । भारतीय बजारमा एक्सईभी- ९एस ५९, ७० र ७९ किलोवाट-आवर क्षमताका तीन ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालमा कुन भेरियन्ट ल्याइनेछ भन्नेबारे कम्पनीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।

रियर-ह्वील ड्राइभ प्रणालीमा आधारित ७९ किलोवाट-आवर ब्याट्री संस्करणमा २८१ बीएचपी शक्ति र ३८० एनएम टर्क उत्पादन गर्ने इलेक्ट्रिक मोटर जडान गरिएको छ। शक्तिशाली प्रदर्शन, अत्याधुनिक प्रविधि र पारिवारिक उपयोगिताको संयोजनले एक्सईभी ९एस नेपाली ईभी बजारको बहुप्रतीक्षित मोडल बन्न सक्ने अपेक्षा गरिएको छ ।