ब्रड पिक हिमपहिरोमा बेपत्ता मध्य दुई पर्वतारोहीको शव फेला
अहिले मृतकहरूको पहिचान गर्ने प्रक्रिया भइरहेको छ ।
काठमाडौं ।पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा बेपत्ता दुई पर्वतारोहीको शव फेला परेको छ। हिमपहिरोमा परेका १० जना पर्वतारोही मध्य २ जनाको शव फेला परेको हो ।हाइकिङ एजेन्सी सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईंले दुई जनाको शव फेला परेको जानकारी गराएका छन् ।उनका अनुसार अहिले मृतकहरूको पहिचान गर्ने प्रक्रिया भइरहेको छ । हिमपहिरोमा परेर बेपत्ता हुनेहरूमा नेपालका निर्मल पुर्जा (निम्स दाई), पुरबहादुर गुरुङ (युक्ता), किली शेर्पा (किलु), निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।यसैगरी ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाका मेलोरी गेइस पनि बेपत्ता सूचीमा छन् ।दुर्घटनालगत्तै पाकिस्तानी सेना, स्थानीय प्रशासन र उच्च हिमाली उद्धार टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य (सर्च एण्ड रेस्क्यु अपरेसन) तीव्र पारेका छन् ।विदेशी सञ्चार माध्यमहरूका अनुसार निम्स पुर्जाको लोकेसन एक्टिभ देखिएकाले खोजी कार्यमा सहज हुने विश्वास लिइएको छ ।
