ब्रड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित पाँच नेपाली पर्वतारोही सम्पर्कविहीन

विज्ञापन
ncell

विदेशी सञ्चार माध्यमहरूका अनुसार निम्स पुर्जाको लोकेसन एक्टिभ देखिएकाले खोजी कार्यमा सहज हुने विश्वास लिइएको छ ।

काठमाडौं । पाकिस्तानस्थित विश्वको १२ औं अग्लो ब्रोड पिक ९८,(४७ मिटर) हिमालमा गएको भीषण हिमपहिरोमा परेर प्रख्यात कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ बेपत्ता भएका छन् । हिमपहिरोमा परेर उनिसहित १० जना बेपत्ता भएका हुन् ।  

हिमपहिरोमा बेपत्ता हुनेमा निर्मल पुर्जा ‘निम्सदाइ’, नेपालका पुरबहादुर गुरुङ ‘युक्ता’ किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी म्यालोरी गाइस गरी १० जना रहेका छन् ।

कराकोरम पर्वतशृङ्खलामा रहेको ब्रोड पिकको उच्च शिविरतर्फ पाइला बढाउँदै गर्दा अकस्मात खसेको हिमपहिरोले यी १० जना सदस्य रहेको आरोहण टोलीलाई बेपत्ता बनाएको हो । दुर्घटनालगत्तै पाकिस्तानी सेना, स्थानीय प्रशासन र उच्च हिमाली उद्धार टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य ९सर्च एण्ड रेस्क्यु अपरेसन० तीव्र पारेका छन् ।विदेशी सञ्चार माध्यमहरूका अनुसार निम्स पुर्जाको लोकेसन एक्टिभ देखिएकाले खोजी कार्यमा सहज हुने विश्वास लिइएको छ ।