स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा.प्याकुरेल नियुक्त
सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमामा जनस्वास्थ्यविद् डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन्। प्याकुरेलले शपथ ग्रहण गर्दै आजदेखि आफ्नो कार्यभार सम्हालेका छन्।
