रास्वपा महाधिवेशनले प्रतिनिधि सभाको बैठक फेरी सर्यो

असार ७ गतेदेखि ९ गतेसम्म सम्पन्न हुने भनिएको महाधिवेशनमा आजसम पनि नसकिएपछि प्रतिनिधि सभाको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन समयमा सम्पन्न नहुदा त्यसको असर प्रतिनिधि सभाको बैठकमा परेको छ ।

असार ७ गतेदेखि ९ गतेसम्म सम्पन्न हुने भनिएको महाधिवेशनमा आजसम पनि नसकिएपछि प्रतिनिधि सभाको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ ।

यसअघि विहिबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक आज शुक्रबार दिउसो १ बजेका लागि सारिएको थियो ।

संघीय संसद सचिवालयले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक बस्ने गरि सभामुखले निर्धारण गरेको जानकारी दिएको छ ।