सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँट: ७० हजार ५ सय ५० जनाले सेयर
जसअनुसार ७० हजार ५५० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । अन्य आवेदकको हात भने रित्तो भएको छ ।
काठमाडौँ । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बाँडफाँड भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ५ हजार ५०० कित्ता सेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २८ लाख ९४ हजार २३२ आवेदकबट ३ करोड १० लाख ३३ हजार १८० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये २८ लाख ५० हजार २५ आवेदन स्वीकृत भएको छ भने ४४ हजार २०७ आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ७० हजार ५५० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । अन्य आवेदकको हात भने रित्तो भएको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो सेयर र iporesult.cdsc.com.np मा हेर्न सक्नेछन् ।