सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बालेन प्रस्तावक

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा उम्मेदवारी दिएका छन् ।

काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा उम्मेदवारी दिएका छन् । 

लामिछानेको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह रहेका छन् ।

त्यस्तै केन्द्रीय निर्वाचन आयोगले तोके अनुसार ५१ जना प्रतिनिधि समर्थक रहेका छन् । आयोगले सभापतिका लागि ५१ हजार शुल्क समेत तोकेको छ ।

महाधिवेशन प्रतिनिधि निक्र्योल नहुँदा रास्वपाको बन्दसत्र एक दिन ढिला गरेर सुरु भएको हो। बन्दसत्र सुरु भए पनि प्रतिनिधिको टुंगो भने लागिसकेको छैन।