नेपाली बजारमा जीडब्ल्यूएमको प्रिमियम इलेक्ट्रिक एसयूभी 'ओरा ५' सार्वजनिक, मूल्य ४६ लाख ९९ हजारबाट सुरु

ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

काठमाडौं । विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लूएम (ग्रेट वाल मोटर)अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ नेपाली बजारमा सार्वजनिक भएको छ । जीडब्लूएमको नेपालका लागि आधिकारिक बितरक भीजी इम्पेक्स प्रालिले काठमाडौंस्थित द प्लाजामा आयोजित एक कार्यक्रमबीच गाडी सार्वजनिक गरेको हो ।

ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

गाडीको प्रमुख विशेषतामध्ये एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज रहेको छ। यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ-हिलिङ पेन्ट टेक्नोलोजीलगायत आधुनिक फिचरहरू समावेश छन् ।

सुरक्षाका दृष्टिले ओरा ५ ईभीले ५ स्टार एएनक्याप तथा ५ स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ । गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, सामान राख्न मिल्ने ३३ वटा स्टोरेज स्पेसहरू तथा ट्राफिक साइन रिकग्निसनजस्ता सुरक्षा प्रविधि उपलब्ध छन् । 

ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

गाडीको प्रमुख विशेषतामध्ये एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज रहेको छ। यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ-हिलिङ पेन्ट टेक्नोलोजीलगायत आधुनिक फिचरहरू समावेश छन्।

सुरक्षाका दृष्टिले ओरा ५ ईभीले ५ स्टार एएनक्याप तथा ५ स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, सामान राख्न मिल्ने ३३ वटा स्टोरेज स्पेसहरू तथा ट्राफिक साइन रिकग्निसनजस्ता सुरक्षा प्रविधि उपलब्ध छन् ।

चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ । जीडब्लुएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित छ। कम्पनीले हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ ।