बैंक तथा वित्तीय संस्थाले अब मेरो कित्ताबाटै सेवा लिनुपर्ने
कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने व्यवस्था गरिएको हो ।
महोत्तरी । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरो कित्ता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ ।
कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने व्यवस्था गरिएको हो ।
सूचनामा बैंक तथा वित्तीय संस्थाहरूले सम्बन्धित संस्थागत प्रयोगकर्ता मार्फत ‘मेरो कित्ता’ प्रणालीबाट मात्रै सेवा लिनुपर्ने उल्लेख गरिएको छ । सेवाप्रवाहलाई थप व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउन यस्तो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ ।
यस व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाले नक्सासम्बन्धी सेवा प्राप्त गर्न कार्यालयमा प्रत्यक्ष उपस्थित हुनुपर्ने झन्झट कम हुने तथा अनलाइन प्रणालीमार्फत छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।