राहदानी छपाइ अनियमितता प्रकरण : थप दुई जना पक्राउ, अख्तियारको अनुसन्धान तीव्र

पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।

काठमाडौँ । राहदानी छपाइमा अनियमितता भएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको हो ।

अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् । उनीहरूविरुद्ध ३ दिन म्याद समेत थप भइसकेको छ ।

अख्तियारले सोमबार विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध ४ दिनको म्याद थप भएको थियो ।