अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ संकलन गर्दै
यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असार ३१ गते हुनेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिनको लागि ४५ अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो ।
यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असार ३१ गते हुनेछ । बैंक तथा वित्त कम्पनीहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन् । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गर्ने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप संकलन गरिएकोरकम सम्बन्धित बोलवालाकोलगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू यस प्रक्रियामा सहभागी हुन सक्नेछन् ।