नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि जेल चलान
अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न माग गरि मुद्दा चलाएको थियो ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन् ।
मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई पुर्पक्षका थुनामा पठाउन आदेश दिएको हो ।
अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा ठहरे बमोजिम हुने गरी गौतमलाई थुनामा राख्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न माग गरि मुद्दा चलाएको थियो ।
यस प्रकरण तत्कालीन निर्देशक (निवर्तमान महासनिर्देशक) प्रदीप अधिकारी यसअघि नै कारागार चलान भईसकेका छन् ।