राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
राहदानी छपाई अनियमिततामा परराष्ट्र सचिव अमृतबहादुर राई पनि अनुसन्धानको दायरामा
पासपोर्ट खरिद प्रकरणको अनुसन्धान सिलसिलामा अर्याललाई पक्राउ गरिएको अख्तियार सम्वद्ध स्रोतले जानकारी दिएको छ । अर्यालसँगै व्यवसायी सिद्धार्थ थापा पनि पक्राउ परेका छन् ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।
पासपोर्ट खरिद प्रकरणको अनुसन्धान सिलसिलामा अर्याललाई पक्राउ गरिएको अख्तियार सम्वद्ध स्रोतले जानकारी दिएको छ । अर्यालसँगै व्यवसायी/ठेकेदार सिद्धार्थ थापा पनि पक्राउ परेका छन् । सादा पोशाकको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार ठेकेदार थापासँग सोधपुछ गरि बोलाएको समयमा उपस्थित हुने गरी घर पठाइएको छ । थापा राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन् ।
राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका निम्ति परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई पनि अनुसन्धानको दायरामा रहेको अख्तियार स्रोतले जनाएको छ ।