सुन तोलाको पाँच हजारले बढ्यो, चाँदीमा पनि वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको ५ हजारले बढेर तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको ५ हजारले बढेर तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९३ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर तोलाको ५ हजार १५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ८९५ मा कारोबार भएको थियो ।