असारमा ७ बैंकले थप घटाए ब्याजदर, कहाँ पाईन्छ सबैभन्दा बढी ब्याज ?

व्यक्तिगत निक्षेपतर्फको औषत अधिकतम ब्याजदर जेठमा ४.३४३ प्रतिशत रहेकोमा असारमा अझ घटेर ४.२६५ प्रतिशत कायम भएको छ । त्यस्तै, संस्थागत निक्षेपको औषत दर जेठको ३.२०४ प्रतिशतबाट घटेर ३.१८ प्रतिशत विन्दु कायम भएको छ ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउने क्रमलाई अझै निरन्तरता दिईरहेका छन् । नेपालका सञ्चालित २० वाणिज्य बैंकहरूमध्ये ७ बैंकले असार महिनाका लागि आफ्नो ब्याजदर थप घटाएका छन् ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार जेठको तुलनामा असार महिनामा निक्षेपको औषत ब्याजदर सामान्य झरेको छ । 

व्यक्तिगत निक्षेपतर्फको औषत अधिकतम ब्याजदर जेठमा ४.३४३ प्रतिशत रहेकोमा असारमा अझ घटेर ४.२६५ प्रतिशत कायम भएको छ । त्यस्तै, संस्थागत निक्षेपको औषत दर जेठको ३.२०४ प्रतिशतबाट घटेर ३.१८ प्रतिशत विन्दु कायम भएको छ ।

असारमा लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत तर्फको ब्याजदर सबैभन्दा बढी ०.५ प्रतिशत विन्दुले कटौती गरेका छन् । त्यसैगरी हिमालयन बैंकले ०.२५ प्रतिशत विन्दु, प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशत विन्दु र एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड तथा कुमारी बैंकले ०.०५ प्रतिशत विन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । अन्य १३ बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

हिमालयन बैंक, एनआईसी एसिया र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने संस्थागत निक्षेपको ब्याजदरसमेत घटाएका छन् । संस्थागततर्फ एनआईसी एसियाले ०.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ०.२७ प्रतिशत र हिमालयनले ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन् ।

ब्याजदर घटाएका बैंकहरु

प्राइम कमर्सियल बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

एनआईशी एशिया बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३ प्रतिशत ब्याजदर कायम गरेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

हिमालयन बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले जेठ महिनामा भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

कुमारी बैंक  

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.६१ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.९६ संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

बैंकले असार महिनाका व्यक्तिगततर्फ अधिकतम ३.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो । 

लक्ष्मी सनराइज बैंक  

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ र संस्थागतको ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

एनएमबी बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४।७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.८ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  


ब्याजदर स्थिर राख्ने बैंकहरु:

नेपाल बैंक

नेपाल बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशत र संस्थागत तर्फको ३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सानिमा बैंक  

सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

ग्लोबल आइएमई बैंक  

ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागतर्फ ३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । 

कृषि विकास बैंक  

कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७८ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

माछापुच्छ्रे बैंक  

माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नबिल बैंक  

नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्रभु बैंक  

प्रभु बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

एभरेष्ट बैंक  

एभरेष्ट बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स बैंकले असारका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१० प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले असारका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ ।