काभ्रेमा भएको बस दुर्घटनामा आठजनाको मृत्यु, १६ घाइते

प्रहरीका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमो बुद्ध नगरपालिका–२, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरी उपचारका लागि घाइतेलाई उद्दार गरेर धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

बा ३ ख ८३९८ नम्बरको उक्त बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गर्दा बुच्चाकोट क्षेत्रमा सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण पनि तत्काल खुल्न सकेको छैन।