पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्नेले पनि प्रमाण पेश गर्नुपर्ने (सूचीसहित)

समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गर्दै साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन भनेको छ ।

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गर्दै साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन भनेको छ । ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिको चेतावनी छ ।

सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ।

प्रकाशन भएका दस्तावेजहरू

6a2177401100a_1780578112.pdf