एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल, गभर्नरसमक्ष लिए शपथ

उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।

काठमाडौं ।  एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।

अग्रवालले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गर्भनर डा। विश्वनाथ पौडेलसामु पद तथा गोपनीयताको शपथ लिएका हुन् । अध्यक्ष अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याएका छन् ।