जेनजी आन्दोलनसहित आजसम्मका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरी कारबाही गर्छौँ: प्रधानमन्त्री शाह
यो सँगै विभिन्न समयमा बनेका अध्ययन प्रतिवेदनहरु सरकारले एकमुष्ट अध्ययन गरेर आवश्यक कारवाही गर्ने उनको भनाइ छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने बताएका छन् । यो सँगै विभिन्न समयमा बनेका अध्ययन प्रतिवेदनहरु सरकारले एकमुष्ट अध्ययन गरेर आवश्यक कारवाही गर्ने उनको भनाइ छ । उनलाई कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न राखेका थिए ।
जसको जवाफका क्रममा प्रधानमन्त्री शाहले भनेका छन्, ‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ ।’ मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन,र्याली लगायतका धेरै प्रतिवेदनहरू भएकोप्रति पनि उनले स्मरण गराए ।