वार्षिक १० लाखसम्म १ प्रतिशत कर, त्यसबाहेक कुन स्ल्याबमा कति आयकर ?
विगतमा अविवाहित र विवाहितलाई छुट्टाटुट्टै पहिलो आयकर स्ल्याव अविवाहितको हकमा ५ लाख र विवाहितको हकमा ६ लाख रुपैयाँ गरिएपनि आगामी बजेटमार्फत अविवाहित र विवाहित दुबैलाई एउटै कर स्ल्याव १० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँसम्मको आम्दानीमा आयकर नलाग्ने घोषणा गरेको छ ।
अर्थमन्क्री डा.स्वर्णिम वाग्लेले शुत्रबार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भए १ प्रतिशत कर लाग्ने छ । तर, एकलौटी फर्म दर्ता भएका करदाताका हकमा, निवृत्तभरण बापत आय निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा १ प्रतिशत कर तिर्नुपर्दैन ।
विगतमा अविवाहित र विवाहितलाई छुट्टाटुट्टै पहिलो आयकर स्ल्याव अविवाहितको हकमा ५ लाख र विवाहितको हकमा ६ लाख रुपैयाँ गरिएपनि आगामी बजेटमार्फत अविवाहित र विवाहित दुबैलाई एउटै कर स्ल्याव १० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
अर्थमन्त्री वाग्लेले बजेटसँगै आयकर ऐन पनि संशोधन गर्न आर्थिक विधेयक २०८३ संसदमा टेबुल गरेका छन् । विधेयक अनुसार १० लाख रुपैयाँभन्दा बढी तर १५ लाखसम्म करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने छ । त्यस्तै १५ लाखभन्दा बढी तर २५ लाखसम्मको करयोग्य आयमा २० प्रतिशत आयकर लाग्ने छ । त्यसैगरि २५ लाखभन्दा बढी तर ४० लाखसम्मको करयोग्य आयमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए बढी भएजति करयोग्य आयमा थप २ प्रतिशत बिन्दु अर्थात् २९ प्रतिशत आयकर लाग्ने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ ।
हाल आयकर ऐन २०५८ मार्फत न्यूनतम सीमा (अविवाहित ५ लाख र विवाहित ६ लाख) भन्दा माथिको पहिलो २ लाखमा १० प्रतिशत, त्यसपछि ३ लाखमा २० प्रतिशत, अर्को १० लाखमा ३० प्रतिशत र अर्को ३० लाखमा ३६ प्रतिशत कर लाग्दै आएको छ । ५० लाखभन्दा बढीको आम्दानी हुनेहरुले ३९ प्रतिशतसम्म आयकर तिर्दै आएका छन् ।