आरोहण नभएका हिमालको नाम मौलिक नेपाली राखिने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ अर्ब ५३ करोड बजेट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

काठमाडौं । सरकारले आरोहण नभएको हिमालको नाम मौलिक नेपाली राख्ने र आरोहणको लागि प्रोत्साहन गरेर प्रवद्र्धन गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै जारी गरेको आगामी आथिर्क वर्ष २०८३/८४ को बजेटमार्फत नेपालका अरोहण नभएका हिमालको प्रवद्र्धन गर्ने घोषणा गरको हो ।

यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।