राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गरिने
काठमाडौं । सरकारले राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
‘राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधरणमा निष्कासन गर्नेछौं,’ उनले भने।