राजनीतिक दलहरूलाई पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेबारे व्यापक बहस गराइने
दलहरुले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइने उनको भनाइ छ ।
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । दलहरुले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइने उनको भनाइ छ । ‘राजनीतिक दलहरुलाई उनीहरूले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘त्यसरी परिचालित रकमको महालेखा परीक्षकले लेखापरीक्षण गरिनेछ ।’