पाँच वर्षभित्र स्मार्ट प्रणालीबाट २४सै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने सरकारको घोषणा
सरकारले आगामी पाँच वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट २४सै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने घोषणा गरेको छ ।
काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट २४सै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । ‘आगामी पाँच वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट २४सै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने छौं,’ अर्थमन्त्री वाग्लेले भने, ‘आगामी तीन वर्षभित्र ६५ प्रतिशत र ५ वर्षभित्र शतप्रतिशन नागरिकलाई खानेपानी सेवा उपलब्ध गराउने छौं ।’