बिहीबार सुनको मूल्य ५१०० घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको ५ हजार १ सयले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको ५ हजार १ सयले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४ हजार ६५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ७४० मा कारोबार भएको थियो ।