कर संरचनामा व्यापक फेरबदल, के-के भए परिवर्तन ?
कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति अवलम्बन गर्ने घोषणा गरेका अर्थमन्त्री वाग्लेले लामो समयदेखि सिर्जित कर विवाद समाधान गर्न कर छुट र सहुलियतको विशेष योजना अघि सारेको छ ।
काठमाडौं । सरकारले कर संरचनामा ब्यापक फेरबदल गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत ब्यापक परिवर्तन गरेको घोषणा गरे ।
आयकर छुटको सीमा दोब्बरले बढाएर व्यक्तिका लागि १० लाख रूपैयाँ बनाएको छ । त्यसैगरि व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत बिन्दूले घटाएको छ । २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ भने विद्यमान ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको छ । उता, ३६० बस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ ।
गरेको छ भने भन्सार विन्दूमा संकलन हुने छरिएका कर एकीकृत गरी हरित करमा समाहित गरेको छ । धितोपत्र विक्री गर्दा लाग्दै आएको पूँजिगत लाभकरलाई अन्तिम मानेको छ । डिजिटल खरिदमा विजक जारी भएकै समयमा मूल्य अभिवृद्धि करको १० प्रतिशत छुट पाउने व्यवस्था गरेको छ । त्यसैगरि मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउने घोषणा गरेको छ ।
कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति अवलम्बन गर्ने घोषणा गरेका अर्थमन्त्री वाग्लेले लामो समयदेखि सिर्जित कर विवाद समाधान गर्न कर छुट र सहुलियतको विशेष योजना अघि सारेको छ ।