राष्ट्रपति पौडेललाई अर्थमन्त्री वाग्लेले गराए बजेटबारे जानकारी
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी दिएका हुन् ।
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले भोली (जेठ १५ गते शुक्रबार) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।
भेटमा अर्थमन्त्री डा.वाग्लेले बुधबार संसद्मा पेश गरेका आर्थिक सर्वेक्षण २०८२र८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपति पौडेललाई हस्तान्तरण गरे ।